बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौँ । कफी पिउनु स्वास्थ्यका लागि कति हानिकारक छ भन्नेबारे बेलाबखत विभिन्न शोधका प्रतिवेदन प्रकाशित हुँदै आएका छन् ।
हालै गरिएको एक अध्ययनले कफी पिउनु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक रहेको निष्कर्ष निकालेको छ । बिहान कफी पिउने मानिसमा दिनभर कफी पिउने मानिसको तुलनामा हृदयघातका कारण मृत्यु हुने दरमा कमी हुने पाइएको छ ।
यद्यपि कफीकै कारण यस्तो दरमा कमी आएको हो भनेर पुष्टि गर्न अझै विस्तृत अनुसन्धान हुनुपर्ने खाँचो औँल्याइएको छ ।
अमेरिकाको न्यू ओर्लियन्सस्थित ट्युलेन युनिभर्सिटी ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा यस अध्ययनका प्रमुख शोधकर्ता डा. लू चीले बिहान कफी पिउँदा यस्तो जोखिम किन कम हुन्छ भन्ने विषय अध्ययनले प्रस्ट नपारेको बताए ।
डा चीका अनुसार यो अनुसन्धानमा समेटिएका व्यक्तिभन्दा बाहेकको हकमा पनि यस्तो निष्कर्ष सही हुन्छ कि हुँदैन भन्नेबारे अझै बढी अध्ययनको खाँचो देखिन्छ ।
‘कफी पिउने समय परिवर्तन गर्दा हुने सम्भावित प्रभावहरू बुझ्न हामीले क्लिनिकल परीक्षणहरू सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।
बिहान कफी पिउँदा मुटु रोगबाट हुने मृत्युको जोखिम किन कम हुन्छ भनेर अध्ययनले प्रस्ट नपारे पनि दिउँसो वा साँझ कफी पिउँदा सर्काडियन लय (हाम्रो शरीरमा हुने शारीरिक, मानसिक र व्यवहारिक परिवर्तनहरूको २४ घण्टे चक्र) र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्नाले मुटु रोगको जोखिमका कारकहरूमा परिवर्तन आउन सक्ने उनले प्रस्ट पारे ।
ट्युलेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १९९९ देखि २०१८ सम्म अमेरिकामा राष्ट्रिय स्वास्थ्य तथा पोषण परीक्षा सर्वेक्षणमा भाग लिने ४० हजार ७२५ वयस्कको अध्ययन गरेका थिए । दैनिक खाना र पेय पदार्थको सेवन, कफी पिउने कि नपिउने, कहिले र कति कफी पिउने भन्ने बारेमा उनीहरूसँग सोधिएको थियो ।
‘शरीरमा क्याफिनको प्रभावलाई ध्यानमा राख्दै हामी हेर्न चाहन्थ्यौँ कि कफी पिउने समयले मुटुको स्वास्थ्यमा कुनै प्रभाव पार्छ कि पार्दैन,’ डा चीले भने ।
पहिलाको अनुसन्धानले मध्यम मात्रामा कफी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ भन्ने पत्ता लगाएको जिकिर गर्दै डा. चीले भने, ‘कफी पिउने समय र यसले शरीरमा पार्ने प्रभावबारे हामीले गरेको अध्ययन पहिलो हो ।’
अध्ययनका अनुसार सर्वेक्षणमा सामेल ३६ प्रतिशत सहभागीले बिहान कफी पिउने गरेका थिए । १४ प्रतिशतले बिहान बाहेक दिनको कुनै पनि समयमा कफी पिए ।
डा. ची र उनको टोलीले लगभग एक दशकसम्म सहभागीहरूलाई निगरानी गरे । त्यस अवधिमा उनीहरूले सहभागीको जानकारी रेकर्ड र मृत्युको कारणहरूको विश्लेषण गरेका थिए ।
लगभग १० वर्षपछि सर्वेक्षणमा सहभागी ४ हजार २९५ जनाको मृत्यु भएको थियो । जसमध्ये एक हजार २६८ जनाको मृत्यु मुटु सम्बन्धी रोगका कारण भएको थियो ।
यस क्रममा बिहानको समयमा कफी नपिउनेहरूको तुलनामा कफी पिउनेहरूको मर्ने सम्भावना १६ प्रतिशत कम भएको पाइयो भने मुटु रोगबाट मर्ने सम्भावना ३१ प्रतिशत कम पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कफी नपिउनेहरूको तुलनामा दिनभरि कफी पिउनेहरूको मृत्युको जोखिममा कुनै कमी नआएको पनि अध्ययनको निष्कर्ष थियो ।
‘बिहान कफी पिउनु दिउँसो कफी पिउनुको तुलनामा मृत्युको कम जोखिमसँग जोडिएको हुन सक्छ’ अनुसन्धान पत्रमा भनिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार कफीको उच्च सेवन मृत्युको कम जोखिमसँग सम्बन्धित थियो । तर यो बिहान कफी पिउने मानिसहरूमा मात्र देखिएको उनीहरूको भनाइ छ ।
कफी पिउने समयको कति महत्त्व छ ?
लन्डनस्थित रोष्ल ब्रम्पटन एन्ड हेफील्ड अस्पतालका प्रोफेसर थोमस एफ लशरका अनुसार बिहान प्रायः शरीर अलर्ट हुने गतिविधि हुन्छ । तर दिउँसो यस्तो गतिविधि कम हुन्छ र निन्द्राको समय यो आफ्नो न्यून स्तरमा पुग्ने उनको भनाइ थियो ।
प्रोफेसर लशर भन्छन्, ‘दिनभरि कफी पिउने मानिसमा निन्द्राको समस्या हुन्छ । कफीले मस्तिष्कमा निन्द्रा ल्याउने मेलाटोनिनलाई दबाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?