पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
मङ्गलबार, १३ फागुन २०८१, १४ : ५३

काठमाडौँ । सरकारले पुलको मर्मत र सुधारका लागि विश्व बैंकसँग झन्डै २० अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट ‘ब्रिजेज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ अन्तर्गत १५० मिलियन अमेरिकी डलर (झन्डै २० अर्ब नेपाली रुपैयाँ) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्न लागेको हो ।
उक्त ऋणका लागि वित्तीय सम्झौता तथा कार्यान्वयन दस्ताबेजलाई अन्तिम स्वीकृति अन्तिम रूप दिन सरकारले अर्थ मन्त्रालयका अधिकारी सम्मिलित रहने गरी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ