दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
मङ्गलबार, १३ फागुन २०८१, १४ : ४३

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिकाले जितेको थियो । सन् १९९८ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो ।
त्यसयता दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको उपाधि चुम्न सकेको छैन । आईसीसीद्वारा आयोजित सिनियर स्तरको प्रतियोगितामा दक्षिण अफ्रिकाले जितेको यो एक मात्र उपाधि हो । दक्षिण अफ्रिकाले हालसम्म आईसीसी एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।
यसैगरी, न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले नै हराएको थियो । किवी टोलीले पनि आईसीसीद्वारा आयोजित सिनियर स्तरको प्रतियोगितामा जितेको यो एक मात्र उपाधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का