मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा

मङ्गलबार, १३ फागुन २०८१, १४ : ३७
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । संकटा क्लब ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटा क्लब मंगलबार खेलिएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा संकटा क्लबले एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि हार–जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।

संकटा क्लबले अब सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी क्लब भने सोमबार खेलिएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा नौवटा टोलीले सहभागिता रहेको छ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप