पाँच मिनेटमै चोरी भयो ४८ लाख पाउण्ड पर्ने सुनको कमोड

लन्डन । बेलायतको ब्लेनहाइम दरबारबाट चोरहरूले पाँच मिनेटमै ४८ लाख पाउण्ड मूल्य पर्ने सुनको कमोड चोरेका छन् । अदालतमा भएको सुनुवाइको क्रममा चोरहरूले पाँच मिनेटमा यो चोरी गरेको कुरा बाहिर आएको छ ।
२०१९ को सेप्टेम्बरमा अक्सफोर्डशायरको भव्य घरमा कला प्रदर्शनीको हिस्साको रूपमा उक्त कमोड जडान गरिएको थियो । सुनै सुनले बनेको यो कमोड पूर्ण रूपमा काम गरिरहेको थियो । अक्सफोर्डका ३९ वर्षीय माइकल जोन्समाथि उक्त कमोड चोरेको आरोप लागेको थियो ।
जोन्सले आफूमाथि लागेको चोरीको आरोप अस्वीकार गरेका छन् । विण्डसरका ३६ वर्षीय फ्रेड डो र पश्चिम लण्डनकी ४१ वर्षीया बोरा गुक्कुकले आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको रहेको आरोप अस्वीकार गरेका छन् । यो मुद्दाको सुनुवाइ अक्सफोर्ड क्राउन कोर्टमा भएको थियो । अदालतमा कमोड सम्भवतः बिग्रिएको र कहिल्यै मर्मत नगरिएको खुलासा भएको छ । २०१९ को सेप्टेम्बर १४ को बिहान दुईवटा गाडीमा पाँच जनाको गिरोह ब्लेनहाइम दरबारमा प्रवेश गरेको अभियोजक जुलियन क्रिस्टोफर केसीले अदालतलाई बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा