निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
मङ्गलबार, १३ फागुन २०८१, १४ : १२

सोल । दक्षिण कोरियामा एउटा निर्माणाधीन पुल खस्दा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू ६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
चिओनान सहर नजिक रहेको उक्त ठाउँमा १० जना काम गरिरहेका थिए । पुल खस्दा दसैँ जना खसेको र भग्नावशेषमा फसेको नेशनल फायर एजेन्सीले भनेको छ । एक जना भग्नावशेषमै मृत भेटिएका थिए ।
घाइते भएका अरू ८ जनालाई अस्पताल लगिएको थियो । यी मध्ये अरू २ जना पनि मृत घोषित गरियो । १० औँ कामदार भने घण्टौँसम्म बेपत्ता रहेको तर मृत भेटिएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ । पुल किन खस्यो भन्ने तत्कालै थाहा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै