‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाउनु भयो । उनले धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौँ महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन् । आज काठमाडौँ महानगरपालिकामा मात्रै सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’
उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरूलाई ठप्प नपार्न चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड