अपडेट
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
मङ्गलबार, १३ फागुन २०८१, १४ : ०६

बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले राताेपाटीलाई बताए ।
प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरकाे गाडीमा आगजनी भएको छ।
प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा ५ जना स्थानीय, १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएको थापाले बताए ।स्थिति नियन्त्रणमा आइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा