बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै खतिवडाले काठमाडौँबाट ओखलढुंगा जाने क्रममा बिहान भएको बस दुर्घटनामा परि १७ जना घाइते भएको जानकारी दिए । उनले घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको बताए ।
उनले भने, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौँ बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु । सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरूलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु सभामुख महोदय ।’
उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको विषय पनि उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत