अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् ।
प्रतियोगिताको फाइनल खेल बुधबार आयोजक नेपाल र म्यानमारबिच खेलिँदै छ । फाइनल खेल दशरथ रंगशालामा साँझ १८ः०० बजे सुरु हुनेछ । फाइनलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनले यसअघिका तीन वटै खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनलका लागि पनि आफूहरू तयार रहेको बताए । उनले उपाधि जित्न आफ्ना खेलाडीले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘म्यानमारका अधिकांश खेलाडी युरोप र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्छन् । उनीहरूको खेल निकै राम्रो छ । तर, यो प्रतियोगितामा हाम्रा खेलाडीले पनि अब्बल प्रदर्शन गरेका छन् । म्यानमारविरुद्ध पनि हामीले गतिलो प्रदर्शन ग¥यौँ । समग्रमा हामी फाइनलका लागि तयार छौँ,’ उनले भने ।
नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलमा आफू उत्कृष्ट खेल पस्कन तयार रहेको प्रतिक्रिया दिइन् । उनले म्यानमार बलियो टोली रहेको बताउँदै आफूहरूले प्रारम्भिक चरणको खेलमा पनि स्तरीय प्रदर्शन गरेको बताइन् ।
‘हाम्रा सबै खेलाडी फाइनलका लागि तयार छन् । अहिलेसम्म हामी सिल्भर मेडलमा छौँ । भोलि गोल्ड मेडलका लागि फाइट गर्नेछौँ । दुवै टिमले उपाधिका लागि खेल्ने हो । जसले राम्रो प्रदर्शन गर्छ उपाधि त्यसैले जित्ने हो । हामी आफ्नो तर्फबाट वेस्ट दिने प्रयास गर्नेछौँ’ उनले भनिन् ।
म्यानमारकी कप्तान बिन थेइङ तुनले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताइन् । उनले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताउँदै आफूहरूले फाइनलमा सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिइन् ।
म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पनि आफ्ना खेलाडी फाइनलका लागि तयार रहेको बताए । उनले भने, ‘अहिलेसम्म हाम्रा खेलाडीले गतिलो प्रदर्शन गर्दै आएका छन् । हामी फाइनलका लागि तयार छौँ , आशा छ, मेरा खेलाडीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछन्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित