शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ

मङ्गलबार, १३ फागुन २०८१, १३ : ३३
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा दुई धार्मिक समुदायबिच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको बताए । 

झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न चार राउन्ड गोली फायर गरेको जानकारी सांसद सिंहले संसदलाई गराए । 

यस्तै सशस्त्र प्रहरीले  पनि एक राउन्ड गोली फायर गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप