सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
मङ्गलबार, १३ फागुन २०८१, १३ : २९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा सांसद शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी र शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए ।
नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगरप्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवराजले अस्ट्रेलियामा नचाए दर्शक
-
इजरायलले बेरुतमा गरेको आक्रमणमा तीन जनाको मृत्यु
-
प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, तस्बिरहरू
-
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
-
राजेश हमाल भन्छन्, ‘व्यक्ति खराब हो कि व्यवस्था’ सोच्नुपर्ने अवस्था आयो’
-
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो