शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा

वासिङ्टन डीसी । अमेरिकामा शीर्ष सैन्य अधिकारीहरूपछि अब वरिष्ठ सैन्य वकिलहरूलाई पनि बर्खास्त गरिएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यो आदेश दिएका हुन् । बर्खास्त गरिएका वकिलहरू योग्य नभएको उनले बताएका छन् ।
शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले वायुसेना प्रमुख जनरल सीक्यू ब्राउन जूनियरलाई उनको पदबाट हटाएका थिए । अमेरिकी नौसेना एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जेम्स स्लाइफलाई पनि पदबाट हटाइएको थियो । यसले अमेरिकी सेनाको संरचनामा ठुलो परिवर्तन आएको संकेत हो ।
अब हेगसेथले सेना, नौसेना र वायुसेनाका लागि न्यायाधीश अधिवक्ता जनरल (जेएजी) पदहरूमा नियुक्त वकिलहरूलाई पनि हटाएका छन् । नयाँ उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ । रक्षामन्त्रीले पदबाट हटाइएका सैन्य वकिलहरूको नाम खुलासा भएको छैन ।
तर अमेरिकी सञ्चार माध्यमहरूमा आएका खबरका अनुसार सेनाका वकिल लेफ्टिनेन्ट जनरल जोसेफ बी. बर्गर र वायुसेनाका वकिल लेफ्टिनेन्ट जनरल चाल्र्स प्लमरलाई जागिरबाट निकालिएको छ । यसैबीच, नौसेनाका भाइस एडमिरल क्रिस्टोफर फ्रेन्च दुई महिना अघि नै सेवानिवृत्त भइसकेका छन् । यी अधिकारीहरूलाई पदबाट हटाउनुको कुनै खास कारण खुलाइएको छैन । यसले पेन्टागनका अधिकारी र कर्मचारीहरूमा डरको वातावरण सिर्जना गरेको छ ।
नयाँ राष्ट्रपति निर्वाचित भएपछि उनले आफ्नो इच्छाअनुसार शीर्ष सैन्य अधिकारीहरूमा परिवर्तन गर्ने र आफ्ना विश्वासिला व्यक्तिहरूलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गर्ने भन्दै हेगसेथले शीर्ष सैन्य अधिकारीहरूलाई हटाउने ट्रम्पको निर्णयको बचाउ गरेका छन् ।
सेवा निवृत्त भइसकेका लेफ्टिनेन्ट जनरल डान केनलाई वायुसेना प्रमुखको पदमा नियुक्त गरेका छन् । यद्यपि, कानुनी रूपमा लेफ्टिनेन्ट जनरलले वायुसेना प्रमुख बन्न आवश्यक सर्तहरू पूरा गर्दैनन् । विगतमा शीर्ष सैन्य अधिकारीहरूलाई उनीहरूको पदबाट नहटाइएको होइन ।पछिल्लो दशकमा कयौँ तीन–तारे र चार–तारे अधिकारीहरूलाई जागिरबाट बर्खास्त गरिएको थियो ।
अधिकारीहरूलाई पदबाट हटाउँदा पूर्ण कारणहरू दिने गरिएको थियो । तर ट्रम्प प्रशासनले आफ्नो निर्णयको कारण खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली