मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि

काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’की विजेता विधि लम्साल कम्बोडिया पुगेकी छन् । ‘मिस ग्लोबल २०२५’मा भाग लिन उनी सोमबार साँझ कम्बोडिया पुगेकी हुन् ।
उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बिदाइ गरेका थिए ।
२४ फेब्रुअरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपालको एक्लो प्रतिनिधि हुन् । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरू सहभागी हुने प्रतियोगितामा उनले नेपालको कला संस्कृति समेत प्रस्तुत गर्नेछिन् ।
काभ्रेपलान्चोककी नर्स विधि लम्सालले केही अगाडि २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि हात पारेकी थिइन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बीएस्सी नर्सिङ अध्ययन गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म