स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् ।
ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका हुन् ।
अहिले क्रमिक रूपमा सुधार आइरहेको मन्त्रीको सचिवालयले जनाएको छ । उनमा क्षयरोगको समेत आशंका गरिएको थियो । तर, परीक्षणको क्रममा क्षयरोगको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज बिहान अस्पताल पुगेका थिए । अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अस्वस्थ भएपछि मन्त्री भट्टराई घरमै रेस्ट गर्दै आएकी थिइन । तर, निको नभएपछि अस्पताल नै भर्ना हुनुपरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण