मधेसी एकता समाजले दुबईमा मनायो होली

काठमाडौँ । मधेसी एकता समाज यूएईले दुबईमा होली होली मिलन तथा सांस्कृतिक समारोह सम्पन्न गरेको छ । नेपालमा फागुन २९ गते र चैत १ गते होली भएपनि दुबईमा रमजान फागुन १६ गतेदेखि चैत १६ गतेसम्म चल्ने भएकाले त्यसअगाडि नै होली कार्यक्रम मनाएको मधेसी एकता समाजका अन्तर्राष्ट्रिय अध्यक्ष डा. रवीन्द्र यादवले बताए ।
होली मिलन तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले थिए । अतिथिको रूपमा आबुधावीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री रहेका थिए ।
त्यसैगरी दूतावासका तृतीय सचिव बिमलेश मिश्र, श्रम सहचारी पंकज लावकर्ण, मधेसी एकता समाज नेपालका संयोजक डा.बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटा लगायतको उपस्थिति थियो ।
मधेसी एकता समाजका यूएई अध्यक्ष रोशन मार्क्सिस्टको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक नाचगान, होली गीत, जोगिरा गायनको पनि आयोजना भएको थियो । सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट कलाकार रविराज साह र शोभा पासवान सहभागी भएका थिए । त्यहीँ रहेका कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली ब्वाइज ग्रुपले पनि आआफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजदूत तेज बहादुर क्षेत्रीले त्यहाँ कार्यरत श्रमिकहरूको बारेमा कुरा राखेका थिए । समाजका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय अध्यक्ष डा. रवीन्द्रकुमार यादवले समाजले मधेसी समुदायका लागि गरिरहेको कामहरूको बारेमा जानकारी गराएका थिए ।
श्रमिकहरूलाई विदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेसमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेस आन्दोलनका शहीद परिवारलाई सहयोग गर्ने, मधेस मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने जस्ता कार्यमा समेत समाज क्रियाशील रहेको धारणा उनले राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको पुनः सोधे २४ घण्टे स्पष्टीकरण
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान