फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
_yOStHwKWwA.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनलअघि मंगलबार दुबै टोलीका कप्तानले ट्रफीसहित फोटो सुट गराएका छन् ।
प्रतियोगिताको फाइनलमा बुधबार आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा साँझ १८ः०० बजे सुरु हुनेछ ।
फाइनलअघि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बा र म्यानमारकी कप्तान सन्दर लिनले ट्रफीसहित फोटो सुट गराएका हुन् ।
नेपाल र म्यानमार प्रारम्भिक चरणको खेलमा अपराजित रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । लेबनन र किर्गिस्तान भने पहिलो चरणबाटे बाहिरिए ।
यसअघि, प्रारम्भिक चरणमा पनि नेपाल र म्यानमारबिच भिडन्त भएको थियो । आइतबार खेलिएको उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई र दोस्रो खेलमा लेबननलाई समान १–० गोलले हराएको थियो । म्यानमारले भने आफ्नो पहिलो खेलमा लेबननलाई ३–१ गोलले र दोस्रो खेलमा किर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली
-
ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग