नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबिचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताए । पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल–इटाली व्यापार प्रवर्द्धनका लागि आफ्नो निरन्तर सहयोग रहने जिकिर गरे ।
साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । संघका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक शमशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा
-
इराकको जनसङ्ख्या ४ करोड ६१ लाख
-
राजेन्द्र महतोको राजनीतिक प्रतिवेदन : ‘एमाले नवपुँजीवादमा फस्यो, कांग्रेस विपक्षी शक्ति’
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?