कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात
मङ्गलबार, १३ फागुन २०८१, १२ : २३

काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।
यसअघि पुस महिनासम्म पुस मसान्तसम्म यस्तो आयात १ करोड ७७ थान थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।
यो हिसाबले माघ महिनाको आयात मात्रै ९ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल १ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।
पुसको एकै महिनामा २ करोड ७ लाख रुपैयाँ बराबरको १९ लाख ३९ हजार थान आयात भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको छ । त्यसबाहेक थाइल्याण्ड, चीन, मलेसिया, दक्षिण कोरिया र जावानबाट समेत यस्तो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
-
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
-
सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा
-
ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा बहुमतको आरोप
-
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा
-
इराकको जनसङ्ख्या ४ करोड ६१ लाख