मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

७ महिनामा ५२ करोडको कोदो आयात

मङ्गलबार, १३ फागुन २०८१, ११ : ४४
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो ।  

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन  अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ । 

सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार  रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप