झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
मङ्गलबार, १३ फागुन २०८१, ११ : ३२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनको माडी नगरपालिका पुगेका छन् । माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका थिए । झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।
अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएको माडी २ का वडाध्यक्ष दण्डपाणि पौडेलले जानकारी दिए ।
उद्घाटन समारोह सकेर फेरि अभियानमै जोडिने पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने