मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने

मङ्गलबार, १३ फागुन २०८१, ११ : १३
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरूलाई पढ्न दिने भएको छ । त्यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ । 

विविध कारणले विदेशका विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई नेपालमै पढ्न चाहेको खण्डमा क्रेडिट ट्रान्सफरको अवसर दिने भएको हो । त्यही विषयमा छलफल गर्न ओपन हाउस छलफलको आयोजना गरेको हो । 

विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि विश्वविद्यालयले छलफल गर्न लागेको हो । 

विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा काठमाडौँ विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्स्फर एवं क्रेडिट सङ्कलन (Credit Accumulation)  प्रक्रियामार्फत अध्ययन निरन्तरता सम्बन्धी फागुन १६ गते छलफल गर्न लागेको हो । 

यसअघि पूर्वाञ्चल विश्वविद्यालयले समेत विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको दमनपछि नेपाली विद्यार्थीहरू नेपाल फर्किरहेका छन् । 

उनीहरूले तत्काल सोही विश्वविद्यालयमा गएर पढ्न सकिने वातावरण नभएको बताउँदै आएका छन् । विद्यार्थीहरूको उक्त समस्यालाई मध्यनजर गर्दै नेपाली विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरको सुविधा दिन लागेका हुन् ।  

8a14e350-c812-499f-9e1a-0276964a0f32

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप