मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी

मङ्गलबार, १३ फागुन २०८१, ११ : ०८
मङ्गलबार, १३ फागुन २०८१

वासिङ्टन डीसी । उत्तर कोरियाका ह्याकरहरूले डेढ अर्ब डलर मूल्य बराबरका क्रिप्टोकरेन्सी चोरेका छन् । एकै पटकमा चोरिएको यो अहिलेसम्मको सबैभन्दा ठुलो क्रिप्टो चोरी भएको सुरक्षा विज्ञहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । यस घटनामा आफूलाई विश्वको दोस्रो ठुलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज दाबी गर्ने बाइबिट प्रभावित भएको छ । 

शुक्रबार केही मिनेटमै ह्याकरहरूले सो रकम चोरेको सुरक्षा कम्पनी टीआरएमले भनेको छ । बाइबिटलाई उत्तर कोरियाली ह्याकरहरूले आक्रमण गरेको टीआरएमले एउटा विज्ञप्तिमा भनेको छ । बाइबिटबाट ह्याकरहरूले डेढ अर्ब डलर मूल्यका इथेरियम टोकन चोरेको टीआरएमको भनाइ छ । हालैका वर्षहरूमा करोडौं मूल्यका क्रिप्टोरकेन्सी चोरीमा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता पाइएको छ । 

डिसेम्बरमा एफबीआई, रक्षा मन्त्रालय र जापानको राष्ट्रिय प्रहरी एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै जापानी क्रिप्टो कम्पनीबाट ३० करोड ८० लाख डलर मूल्य बराबरको क्रिप्टो चोरी भएको बताएको थियो । नियमित ट्रान्सफरको क्रममा ह्याकरहरूले इथेरियम डिजिटल वालेटमा चलखेल गरेको र पहिचान नखुलेको ठेगानामा पठाएको फेला पारेको बाइबिटले भनेको छ । ह्याक भएको रकम फिर्ता गर्न सकिएन भने प्रयोगकर्तालाई भएको क्षतिको भर्पाई आफैँले गर्ने कम्पनीले भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप