मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने

वासिङ्टन डीसी । अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा तय समयमै अतिरिक्त महसुल लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएअनुसार उनको सरकारले मार्चदेखि यी दुई देशमाथि अतिरिक्त महसुल लगाउनेछ ।
यसले अमेरिकामा महँगी बढाउने अनि आर्थिक मन्दीको जोखिम बढ्न सक्ने चेतावनी अर्थशास्त्रीहरूले दिइरहेका छन् । ‘हामीले तय समयअनुसार करहरू लागू गरिरहेका छौँ, र यो द्रुत गतिमा अगाडि बढिरहेको छ,’ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने । आगामी महिनाहरूमा थप शुल्क लगाउन सकिने कुरा पनि उनले स्पष्ट पारेका छन् ।
अन्य देशहरूले अमेरिकाबाट आयात गरिएका सामानहरूमा उच्च कर लगाएको अनि यसले अमेरिकी उद्योग र रोजगारीलाई हानि पुर्याइरहेको ट्रम्प भन्छन् । अतिरिक्त करले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याउने र सरकारको लागि थप राजस्व सृजना हुने उनको भनाइ छ ।
मार्चदेखि क्यानडाबाट आयात अधिकांश सामानहरूमा २५ प्रतिशत अतिरिक्त कर लाग्नेछ । तर तेल र बिजुली जस्ता ऊर्जा उत्पादनहरूमा भने १० प्रतिशत मात्रै अतिरिक्त कर लाग्नेछ । मेक्सिकोबाट आउने अधिकांश उत्पादनहरूमा २५ प्रति अतिरिक्त कर लाग्नेछ ।
पहिला देखि नै यी दुई देशबाट आइरहेका स्टील र आल्मुनियममा २५ प्रतिशत अतिरिक्त कर लागिरहेको छ । यसलाई पनि जारी राखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय