‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
_0QMWhuGBR4.jpg)
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को प्रिमियर गरिएको छ । कीर्तिपुर सिनेप्लेक्ससम्म आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा अभिनेता राजेश हमालले ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिए । प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित फिल्मको प्रिमियरमा भने किर्तिपुर सिनेप्लेक्ससम्म पुगेका थिए ।
फिल्म हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले फिल्म हेरेपछि भने, ‘यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरूले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’
फिल्मका निर्देशक दिवाकर भट्टराईको अर्को फिल्म ‘नरसिंहाः अवतार’मा काम गरेका हमालले भने, ‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । यसैले, दिवाकरजीलाई बधाई दिन चाहन्छु । फिल्मको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ । यसैले, दर्शकले यो फिल्म मन पराउनुहुन्छ भन्ने लागेको छ ।’
फिल्म ‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरू दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए । फिल्मका मुख्य नायक पल शाह भने अर्को एक फिल्मको छायाङ्कनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।
फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाई छ ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।
यस्तै, क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी