प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त

तेल अभिभ । गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरू राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्ने बताएको छ, जसमा सहमति अनुसार जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्त राखिएको थियो ।
इजरायलले आइतबार ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ रोक्का गरेको थियो । हालै हमासले रिहा गरेको छ जना जीवित र चार जना मृत बन्धकहरूको बदलामा ती बन्दीहरूलाई रिहा गर्नु पर्थ्यो । तर हमासले बन्धकहरूलाई गरिएको बर्बर व्यवहारलाई उद्धृत गर्दै इजरायलले यसो गर्न मानेन ।
प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले भनेका थिए ।
उनले मध्यस्थकर्ताहरू, विशेष गरी अमेरिकालाई इजरायलमाथि दबाब दिन आह्वान गरेका छन् । सम्झौताको पहिलो चरण र छ हप्ताको अस्थायी युद्धविराम शनिबार समाप्त हुँदै छ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने अप्रत्यक्ष वार्ता अझै सुरु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड