मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
दुर्घटना

काभ्रेमा बस दुर्घटना, १७ जना घाइते

मङ्गलबार, १३ फागुन २०८१, १० : ०७
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । 

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बसमा २४ जना यात्रु सवार रहेका थिए ।

घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप