म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
मङ्गलबार, १३ फागुन २०८१, ०९ : ३८

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो ।
बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा