मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा

मङ्गलबार, १३ फागुन २०८१, ०६ : ४६
मङ्गलबार, १३ फागुन २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबिच प्रतिस्पर्धा हुँदैछ । 

मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी)लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको होे । गोल्डकपमा  नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप