मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन

मङ्गलबार, १३ फागुन २०८१, ०५ : ५१
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा  युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले यस्तो बताएका हुन् । 

अमेरिकी समकक्षी ट्रम्पसँगको भेटवार्तापछि उनले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताए । दुबै शीर्ष नेता रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो वर्षगाँठमा युक्रेन युद्धबारे छलफल गर्न बैठक गर्दै छन् । 

यस दौरान ट्रक्पले शान्ति स्थापनाका लागि अमेरिका एक्लैले भन्दा पनि युरोपेली देश समेतले यसको बोझ उठाउनु पर्ने र त्यसको जस अपजस झेल्नुपर्ने बताए । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको भनी जोडदार रुपमा आफ्नो तर्क राखे । 

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीवमा पश्चिमी नेताहरुको एक शिखर सम्मेलनमा ‘हामी यो युद्धलाई यसै वर्ष अन्त्य गर्न सक्छौं’ भनेका थिए । यस्तै, राष्ट्र संघको महासभाले समेत युक्रेनको सम्प्रभुता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिवद्धता जनाउँदै नयाँ प्रस्ताव ल्याएको छ । जुन प्रस्तावको अमेरिकाले विरोध गरेको भने आफ्नै प्रकारको प्रस्ताव गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप