गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

गणेशाय नमः
आज विक्रम संवत २०८१ साल फाल्गुन १३ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–द्धादशी, ९ घडी ५४ पला, बिहान १० बजेर ३२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराषाढा, २५ घडी ४१ पला, बेलुकी ४ बजेर ५१ मिनेट उप्रान्त श्रवण । योग–व्यातिपात, ० घडी ५ पला, बिहान ६ बजेर ३६ मिनेट उप्रान्त वरियान । करण–तैतिल, बिहान १० बजेर ३२ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर १३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ० मिनेट । दिनमान २८ घडी ३६ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३५ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ० मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर १ मिनेटदेखि बिहान ९ बजेर २६ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखि बिहान १० बजेर ५२ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५३ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म शुभ बेला ।
दिउँसो ४ बजेर १० मिनेटदेखि बेलुकी ४ बजेर ३५ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३६ मिनेटदेखि बेलुकी ७ बजेर ३५ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५९ मिनेटदेखि बिहान ५ बजेर ४७ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार, शेयरबजार तथा उद्योगमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरुले नयाँ काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ । घर परिवारमा सबैको सल्लाह सुझाब पाइने हुनाले मन प्रशन्न रहनेछ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । धार्मिक वा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाव बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सूचना तथा घर परिवारका कुरा बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार तथा शेयरबजारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यवसाय वा वित्तीय बजारमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पत्तिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसाय र शेयर बजारमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापारमा कमी आउनेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाव बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरुले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ । र, पनि कृषि, पशुपालन तथा सवारी साधनको व्यापारबाट लाभ लिन सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) समयको भरपुर सदुपयोग गरी भाग्यबृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योग वा वित्तीय क्षेत्रमा लगानी बढाई भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसंगको रमाइलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । खाद्यान्न, होटल तथा पर्यटन क्षेत्रको व्यापारबाट लाभ लिन सकिनेछ । गीत संगीत तथा चलचित्र क्षेत्रमा समय लगानी गर्नेहरुका लागी दिन उत्तम रहेकोछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सबैको सहयोग पाइने हुनाले काम गर्न सहज हनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा न्युन आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउनसक्छ, ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । र, पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ भने लामो दुरीको यात्रा तय हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, शेयर बजार तथा उद्योगबाट धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतित गर्न सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी