इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित
मङ्गलबार, १३ फागुन २०८१, ०४ : ४२

काठमाडौं । इटालियन सिरी’एमा एएस रोमाले शानदार जित हासिल गरेको छ । सोमबार राती भएको खेलमा रोमाले मोन्जाविरुद्ध ४-० को जित हासिल गरेको हो ।
घरेलु मैदानमा रोमालाई जिताउन एलेक्सिस सेलेमेकर्स, एल्डोर शोमुरोदोभ, एन्जेलिनो र ब्रायन क्रिष्टांटेले एक एक गोल गरे । जितसँगै एएस रोमा ४० अंक बटुल्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । मोन्जा भने रेलिगेशन जोनको पनि पुछारमा पुगेको छ ।
सिरी’एमा इन्टर मिलान ५७ अंकसहित पहिलो र नापोली ५६ अंकसहित दोस्रो स्थानमा छन् । यस्तै, समान २६ खेलबाट ५४ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ ।