मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे

मङ्गलबार, १३ फागुन २०८१, ०४ : २७
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगामा सेभिया र मलोर्काले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा सेभिया र मलोर्काले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सेभियाका लागि घरेलु मैदानमा किके सालसले गोल गरे । निर्धारित ९० मिनेट सकिएपछि मलोर्काका रक्षक मार्टिन भाल्टेंजले जवाफी गोल फर्काए । यो बराबरीपछि म मलोर्का अंक तालिकाको आठौं स्थानमा पुगेको छ भने सेभिया ११ औं स्थानमा छ । 

शीर्ष स्थानको बार्सिलोनाको ५४ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको समान २५ खेलबाट ५४ अंक छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५३ अंक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप