मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा

मङ्गलबार, १३ फागुन २०८१, ०१ : ३२
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी)लैनचौरलाई पत्राचार गर्दै ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको जानकारी दिएको हो । 

उक्त पत्राचारमा २०८१ फागुन ११ को निर्णय अनुसार २०८१ प्mागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको र अभिलेखमा आवश्यक व्यहोरा खुलाई दिन भनी अनुरोध गरिएको छ । 

जुन पत्राचारद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरीको कर्मचारी सञ्चयकोष शाखासम्मलाई बोधर्थ पठाइएको छ । 

police 1police 2
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप