युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

काठमाडौँ । नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखररचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलले आज विमोचन गर्नुभएको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो ।
खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका छन् ।
कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने
-
बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने