मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
दुर्घटना

उकालो चढ्न नसकेको  जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु

सोमबार, १२ फागुन २०८१, २२ : २९
सोमबार, १२ फागुन २०८१

बागलुङ । सोमबार साँझ बागलुङमा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । 

बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले  जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप