अण्डाको मूल्य बढ्यो
सोमबार, १२ फागुन २०८१, २२ : २४

काठमाडौँ । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो । बढेको मूल्य आजैदेखि लागू हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?