मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
सोमबार, १२ फागुन २०८१, २१ : ४७

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा कुनै छलफल हुन सकेन ।
बैठकमा सहभागी एक मन्त्रीले घिसिङका विषयमा कुनै छलफल नभएको बताए । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।
उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए । स्रोतका अनुसार केही दिन पहिला नै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेका छन् ।
सो कुराको सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै आएको छ ।