सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा

लन्डन । बेलायतमा एक जना सांसद निलम्बनमा परेका छन् । चिशायर निर्वाचन क्षेत्रमा हिँडिरहेका एक व्यक्तिलाई सांसद माइक एमेसबरीले मुक्कै मुक्का हानेर भुँईमै ढलाएका थिए । यस घटनामा उनलाई १० हप्ताको जेल सजाय सुनाइएको हो ।
५५ वर्षीय एमेसबरी रनकर्न र हेल्स्बीका स्वतन्त्र उमेदवार हुन् । ४५ वर्षका पल फेलोलाई उनले एक पछि अर्को गर्दै मुक्का हानेर भुँइमै लडाएको भिडियो फुटेज बाहिरिएपछि मुक्का प्रहारको घटनामा उनी दोषी ठहरिएका हुन् ।
घटना चेशायरको फोर्डशाममा अक्टोबर २६ को बिहान सबेरै भएको थियो । यस घटनापछि लेबर दलले उनको ह्विप खारेज गरेको थियो ।
रिस र भावनात्मक नियन्त्रण गुमाउँदा एमेसबरीले त्यस्तो गतिविधि गरेको चेष्टर म्याजिष्ट्रेट्स अदालतका डेपुटी चिप म्इाजिष्ट्रेट टान इकरामले सजाय सुनाउनु अघिको प्रतिवेदनमा भनेका छन् । फैसला भएलगत्तै एमेसबरीलाई जेल चलान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र