भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
सोमबार, १२ फागुन २०८१, २१ : ०२

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । दुवै देशले यसको पुष्टि गरिसकेका छन् । युक्रेनमा रुसको आक्रमण भएको तीन वर्ष बित्नै लाग्दा पुटिन र सीबिच कुराकानी भएको हो ।
चीनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए, जहाँ रुस अमेरिकासँग वार्ताका लागि बसेका थिए । हालै, यो युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो । यस वार्तामा अमेरिकाले युक्रेनलाई बोलाएको थिएन । यसबारे युक्रेनले असन्तुष्टि व्यक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म