मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक

सोमबार, १२ फागुन २०८१, २० : ३८
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । गीतकार, संगीतकार, गायक एवं कविका रूपमा समेत परिचित अमर बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । मिलाप मासिकले राजधानीमा एक कार्यक्रम गर्दै बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ रहेका छन् । सबै गीतका भिडियो शान थापाले निर्देशन गरेका हुन् ।

पाँच मध्य ‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुकै छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । अर्को ‘हल्का हल्कामा’ पनि शब्द एवं संगीत उनकै र स्वर सत्यराज आचार्य र सहिमा श्रेष्ठको छ । 

त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत उनकै र स्वर सारिका घिमिरे र बिसी राईको छ । ‘सम्बन्ध’मा एसी कोइरालाका शब्द छ भने उनको संगीत छ । स्वर प्रताप दासले दिएका छन् ।

‘तिम्रै प्रवाह’मा उनकै स्वर, शब्द र संगीत छ । गीतको भिडियोमा उनले  भावना राईसँग अभिनय गरेका छन् । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा छ ।

गीतसंगीत, साहित्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसाल, पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला, भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, निर्देशक एवं नायिका दीपाश्री निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ गीतकार राजेन्द्र थापा लगायतले बान्तुको प्रतिभाको चर्चा गरेका थिए ।

कार्यक्रममा स्रष्टा बान्तुले एकल कविता वाचन, एकल अक्युस्टिक सांगीतक साँझ र आटो वायोग्राफी प्रकाशन गर्ने आफ्नो भावी कार्यक्रम रहेको बताए । एक हजार बढी गीत रचना गरेका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप