नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय
अध्यक्षको उम्मेदवारले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने
सोमबार, १२ फागुन २०८१, १९ : ५८

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम तय भएको छ । निर्वाचन आगामी चैत २३ गते शनिबार हुनेछ ।
निर्वाचन समितिका अनुसार फागुन १५ गते बिहीबार मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै, मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १८ गतेको समय तोकिएको छ ।मतदाताको अन्तिम नामावली फागुन २० गते प्रकाशित गरिनेछ ।
यसैगरी उम्मेदवारका लागि दरखास्तको मिति फागुन २२ गते बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको छ । अध्यक्ष पदका लागि ६० हजार रुपैयाँ, उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, महासचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ तथा सदस्यहरूका लागि ३० हजार रुपैयाँ दाखिला शुल्क तोकिएको छ ।
उम्मेदवारहरूको प्रथम नामावली फागुन २२ गते प्रकाशित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक