आईसीसी च्याम्पियन्स ट्रफी
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
सोमबार, १२ फागुन २०८१, १८ : २६

रावलपिन्डी । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तरगतको खेलमा बंगलादेशले न्युजिल्याण्डसामु जितका लागि २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको हो ।
टोलीका लागि ओपनर नजमुल होसेन शान्तोले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ११० बलको सामना गर्दै ९ चौका प्रहार गरे । त्यसैगरी जाकेर अलीले ५५ बलमा ४५ रनको इनिङ्स खेले । उनले ३ चौका र १ छक्का हिर्काए ।
रिसाद होसेनले २६ रन तथा तान्जिद हसनले २४ रन जोडे । बंगलादेशले अतिरिक्त रनका रुपमा २५ रन पाएको थियो ।
न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले घातक बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । विल ओ’रोर्कले २ विकेट तथा म्याट हेनरी र कायल जेमिसनले १–१ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष