सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जबाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ति सुव्यवस्था, सीमा सुरक्षा र सीमा अपराधलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न लागिएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विधेयकमाथि सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले प्रस्तुत विधेयकमा सशस्त्र प्रहरी ऐन, २०५८ तथा सशस्त्र प्रहरी नियमावली, २०७२ का प्रावधानहरूलाई धेरै हदसम्म मिलाइएको दाबी गरे । मन्त्री लेखकले विधेयकमा सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक पर्ने हातहतियार तथा खरखजना नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको स्पष्ट पारे ।
विधेयकमाथि सोमवार ५१ जना सांसदहरुले धारणा राखेका छन् । अधिकांश सांसदरुले सशस्त्र प्रहरीको सञ्चालन प्रमुख जिल्ला अधिकारीलाई दिनु नहुने धारणा राखेका छन् । नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ । न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म