दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
_RVK6toUBoR.jpg)
काठमाडौँ । के तपाईंको पनि मोबाइलमा टाँसिरहने बानी छ ? छ भने अहिले नै सावधान रहनुहोस् । दिनमा १ घण्टा मात्रै डिजिटल स्क्रिनमा टाँसिदा पनि यसले मायोपिया निम्त्याउने हालै गरिएको एक अनुसन्धानले दाबी गरेको छ । मायोपिया आँखाको एक खाले गम्भीर रोग हो जसमा नजिकका वस्तुहरू देख्न सकिँदैन ।
पत्रिका अखबार पढ्दै हुनुहुन्छ भने, चस्मा बिना पढ्न गाह्रो हुनेछ । जामा ओपन नेटवर्कमा प्रकाशित एक रिपोर्ट अनुसार हरेक दिन डिजिटल स्क्रिनमा एक घण्टा मात्रै बिताइन्छ र तपाईंले यो समय बिस्तारै बढाउँदै लैजानुभयो आँखामा मायोपिया रोगको जोखिम २१ प्रतिशतले बढ्नेछ ।
दैनिक १ घण्टाभन्दा कम समय डिजिटल स्क्रिनमा बिताउँदा भने धेरै जोखिम हुँदैन भनेर पनि अध्ययनमा भनिएको छ । तर यो समय बढाइयो भने आँखामा क्षति हुने जोखिम उल्लेखनीय रूपमा बढ्छ । तर, आजको युवा पुस्तामा चार–पाँच घण्टा स्क्रिनमा नबिताउने सायदै कोही होला । एक घण्टाभन्दा बढी समय स्क्रिनमा बिताइन्छ भने मायोपिया हुने जोखिम त्यति नै बढी र छिटो हुने अध्ययनले भनेको छ ।
‘यी निष्कर्षहरूले मायोपियाको जोखिमबारे चिकित्सकहरू र अनुसन्धानकर्ताहरूलाई मार्गदर्शन प्रदान गर्न सक्छन्’ अनुसन्धानकर्ताहरूले भने । डिजिटल स्क्रिनको बढ्दो प्रयोगले नजिकको दृष्टिको समस्यामा वृद्धि भएको छ । टोलीले बालबालिकादेखि युवा वयस्कहरू सम्मका ३ लाख ३५ हजार भन्दा धेरै स्क्रिन समय र नजिकको दृष्टि बिचको सम्बन्धलाई हेरेका ४५ अध्ययनहरूबाट डेटा समीक्षा गरेका थिए ।
१ देखि ४ घण्टा स्क्रिन टाइम बिताउँदा जोखिम उल्लेखनीय रूपमा बढ्छ र त्यसपछि बिस्तारै यो झनै बढ्ने अनुसन्धानकर्ताहरूले भनेका छन् । तर, १ घण्टा भन्दा कमको एक्सपोजरमा भने धेरै जोखिम पाइएन । यी निष्कर्षहरूले मायोपिया महामारीसँग लडिरहेका चिकित्सकहरूलाई मार्गदर्शन प्रदान गर्न सक्ने अनुसन्धानकर्ता बताउँछन् । अत्यधिक स्क्रिनको प्रयोगले मान्छेको सोच्ने र बुझ्ने क्षमतामा असर पार्ने पछिल्लो समय भएका कयौँ अनुसन्धानले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा