पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
सोमबार, १२ फागुन २०८१, १७ : २०

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्ने तयारी गरेको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको हुने गरेको छ । समयमै पहिचान गरी उपचार गरे यो रोग निको हुन सक्छ ।
सोही विषयलाई ध्यानमा राखी मन्त्रालयले यो वर्ष ५ लाख महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गर्ने लक्ष्य लिएको हो ।
आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्षमाथिका सबैलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यो परीक्षण सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा उपलब्ध हुने सरकारले जनाएको छ साथै शिविरहरू समेत सञ्चालन गर्ने मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?