सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘टग अफ वार’ प्रतियोगिताको तेस्रो संस्करण फागुन १६ गतेदेखि

सोमबार, १२ फागुन २०८१, १६ : २५
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । नेपाल डोरीतान संघले फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता आयोजना गर्ने भएको छ । भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीयसहित १० टोलीको सहभागिता रहने छ ।

यसैगरी, महिलातर्फ पाँच प्रदेश र तीन विभागीय गरी आठ टोलीले सहभागिता जनाउने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भवानीप्रसाद पौडेलले दिए । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहने छैन । 

प्रतियोगितामा कूल १८ टोलीका एक सय ६२ खेलाडीले भाग लिनेछन् । प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले एक लाख र उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । महिलातर्फको विजेता टोलीले ६० हजार र उपविजेता टोलीले ४० हजार रुपैंयाँ नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कुल बजेट ३१ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप