बर्ड फ्लु नियन्त्रण कसरी गर्ने ?

काठमाडौँ । इन्फ्लूएन्जा भाइरसको कारण पन्छी प्रजातिमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारीको नाम नै बर्ड फ्लु हो । इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ ।
यो रोगबाट विशेष गरेर पन्छी प्रजातिमा बढी प्रभावित हुन्छन् ।
यसलाई नियन्त्रण गर्न पशु सेवा विभागले दिएको छ यस्ता सुझाव
–फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउनु हुन ।
–सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निः सङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहुन ।
–घरपालुवा पन्छीलाई जङ्गली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्न/गराउनु हुन ।
–बिक्री वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा खोरका अन्य बथानसँग नमिसाई कम्तीमा १४ दिन अलग्गै राख्न हुन ।
–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन ।
–कुनै पनि पन्छी फार्म वा अन्य पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने