मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

बर्ड फ्लु नियन्त्रण कसरी गर्ने ?

सोमबार, १२ फागुन २०८१, १६ : २१
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । इन्फ्लूएन्जा भाइरसको कारण पन्छी प्रजातिमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारीको नाम नै बर्ड फ्लु हो । इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ ।

यो रोगबाट विशेष गरेर पन्छी प्रजातिमा बढी प्रभावित हुन्छन् । 

यसलाई नियन्त्रण गर्न  पशु सेवा विभागले दिएको छ यस्ता सुझाव 

–फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउनु हुन ।

–सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निः सङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहुन ।

–घरपालुवा पन्छीलाई जङ्गली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्न/गराउनु हुन ।

–बिक्री वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा खोरका अन्य बथानसँग नमिसाई कम्तीमा १४ दिन अलग्गै राख्न हुन ।

–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन ।

–कुनै पनि पन्छी फार्म वा अन्य पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागको आग्रह छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप