सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने

सोमबार, १२ फागुन २०८१, १६ : १७
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालन आवश्यक रहेको बताएकी छन् । 

 सोमबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले पाँच दशक अघि नेपालमा अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालनका कानुन बनेता पनि जल यातायात सञ्चालन नभएको तर्क गरिन् ।

साथै उनले कन्टेनरबाट आयात गर्दा लाग्ने ढुवानी खर्च जोगिने उनले तर्क गरिन् । 

न्यौपानेका अनुसार कन्टेनरबाट आयात गर्दा देशको कुल खर्चमध्ये २५ प्रतिशत ढुवानी खर्च हुँदै आएको छ । पानीजहाजबाट आयात गर्दा ३ खर्व बढी ढुवानी खर्च जोगाउन सकिन्छ । 

‘अमेरिका र न्युजरल्याण्डबाट आउने र मलेसियाबाट सिङ्गापुर र दुवैमा चल्ने २४ हजार ३ सय कन्टेनर बोक्ने पानीजहाज भारतको पट्ना र ककत्तासम्म चल्दा रहेछन्,’ उनले भनिन्, ‘छिमेकी भारतको पटना र ककत्ता ५० देखि ८० कन्टेनर बोक्न सक्ने पानीजहाज ल्याउन सकिन्छ । ५० कन्टेनर बोक्न सक्ने पानीजहाज नेपाल ल्याउन सकियोभने ५० वटा ट्रक विस्थापित हुन्छन्।’

कलकत्ता देखि नेपालको त्रिवेणी  र कोशीसम्म यस्तो पानीजहाज ल्याउन सकिने उनको तर्क थियो । 

‘कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर रहेको छ,’ उनले भनिन्, ‘यसोभए हाम्रो पानीजहाज किन नचलाउने त ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप